प्रतिनिधिसभाको बैठक आज बस्दै,  महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्दे प्रम ओली

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “महान्यायाधिवक्ताको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन” पेश गर्ने भएका छन् । 

मंगलबार १ बजे बस्ने बैठकमा प्रतिवेदन ओलीले पेश गर्ने भएका हुन् । 

व्यवस्थापन कार्य तर्फ “सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेका विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ  । 

“सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५” प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जनाएको छ । 

 “सेफ गार्डस्, एन्टिडम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ
प्रस्तुत गरिने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “सेफ गार्डस्, एन्टिडम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक, २०७५” र “विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५” प्रस्तुत गर्नेछन् भने “विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि भएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  गिरिराजमणि पोखरेलले “पारमाणविक विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालगले जनाएको छ  । 

त्यसैगरि, अर्थ मन्त्री डा. युवराज खतिवडाले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?