रामेछाप । रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा बन्ने सामुदायिक अस्पतालको लागि दुई जनाले जग्गा दान गरेका छन् ।
स्थानीय डा.दिलबहादुर तामाङको अगुवाइमा निर्माण हुन लागेको सो अस्पतालको लागि स्थानीय दुई दाजु–भाइ मोहनकुमार घिसिङ र शम्भु घिसिङले अस्पतालको लागि आवश्यक जग्गा दिएका हुन् ।
गाउँमा अस्पताल नहुँदा आफ्नो आमाले ज्यान गुमाएकाले अन्यको अकालमा ज्यान नजाओस् भनेर अस्पताल निर्माणको लागि जग्गा दिएको उनीहरूले बताए । उनीहरूले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा जग्गा दिएका छन् ।
जिल्ला मालपोत कार्यालय रामेछापमा पुगेर अस्पतालको नाममा जग्गा पास गरिदिएको मोहनकुमार घिसिङले बताए । उनीहरूले अस्पतालको नाममा दुई रोपनी जग्गा पास गरिदिएका छन् । सो जग्गाको अहिलेको मूल्य करिब ५० लाख रुपैँया रहेको छ ।
अस्पताल निर्माण गर्न लागिएको स्थान जिल्लाको खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको बिच केन्द्रमा पर्ने भएकोले सो स्थानमा अस्पताल निर्माण हुँदा तीनवटै गाउँपालिकाका बासिन्दालाई सेवा लिन सहज हुने छ ।
डाक्टर तामाङले हरेक महिना विशेषज्ञ शिविर सञ्चालन गरेर सो क्षेत्रमा नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएका छन् । समुदायकै लगानीमा सुविधा सम्पन्न अस्पताल बनाएर स्थानीयलाई थप सेवा प्रदान गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया