काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।
तीन हप्तादेखि ह्याम्स अस्पताल उपचाररत अधिकारीको शनिवार राति ८२ वर्षको उमेरमा निधन भएको थियो ।
अहिले अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीको नेता कार्यकर्ताहरुका साथै विभिन्न दलका नेतहरु उपस्थिति छन् ।
उनले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।
आइतवार मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया