दिपक मनाङेले देखाए उदारता, लिइनन् पार्टीले दिएको पद

लोकपथ
357
Shares

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य एवं एकीकृत समाजवादीका नेता राजिव गुरुङ उर्फ दिपक मनाङेले पार्टीले दिएको केन्द्रीय परिषद् सदस्यको पद नलिने बताएका छन् ।

बिहीबार मनाङेलाई एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय परिषद् सदस्यको जिम्मेवारी दिएको थियो ।

सामाजिक सञ्जालमा लेख्दै मनाङेले आफूसँग सल्लाह नै नगरी उक्त जिम्मेवारी दिइएको भन्दै उक्त पद नलिने बताए ।

आफू सांसद रहेका कारण संसदीय काममै फुुर्सद नहुने भएकाले आफू पार्टीको काममा त्यति जान नभ्याउने भन्दै उक्त पद स्वीकार्य नभएको बताए । साथै त्यसमा अन्य युवाहरुलाई अघि बढाउन समेत आग्रह गरे ।

‘नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय बैठकको निर्णय अनुसार मलाइ केन्द्रीय परिषदको सदस्यमा मनोनित गरेको भन्ने सुचना प्राप्त भयो।यो निर्णय र जिम्मेवारी मसंग सल्लाह गरि गरिएको होइन। जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनता संग उत्तरदायी हुन्छन, धेरै समय जनता संग प्रत्यक्ष जोडिएका कामहरु र संसदिय कामकाजमा ब्यस्त हुनुपर्दछ । जसका कारण पार्टीका काममा समय दिन नभ्याइने पनि हुनसक्छ। एउटै ब्यक्तिले अनेक पदको भारि बोक्नु राम्रो होइन। त्यसैले मलाइ दिइएको जिम्मेवारी स्विकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरुलाई दिंदा पार्टीलाई अझ बढि फाइदा हुन्छ। युवाहरुलाइ अगाडी बढाउने कुरामा मेरो सधैं समर्थन रहन्छ।एक ब्यक्ति एक पदको नारा नारामा मात्र सिमित नगरि कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।’ सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् ।

एकीकृत समाजवादी अन्तरपार्टी निर्देशिका जारी गर्दै विभिन्न जिम्मेवारी समेत तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?