वीरगञ्जमा हतियार देखाएर नगद र मोटलसाइकल लुटपाट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हतियार देखाएर लुटेको मोटरसाइकल बारामा फेला परेको छ ।

लक्ष्मी घेट फर्माका सञ्चालक नारायण भनिने पोमबहादुर गुरुङको हिजो (शुक्रवार) बेलुका नगद र बाइक लुटिएको थियो । 

उनले नगद र बाइक लुटिएको जानकारी हिजै प्रहरीलाई दिएका थिए  ।

वीरगञ्ज महानगरपालिका १५ कवि शिरोमणी टोलबाट लुटिएको ना ३५ प २२९१ नम्बरको मोटरसाइकल बारामा फेला परेको छ ।

हतियार देखाएर अज्ञात समूहले वीरगञ्जका एक व्यापारीको नगद र मोटरसाइकल लुटेका थिए । 

अनुसन्धानका क्रममा बाराको बुनियादबाट मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्त शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?