काठमाडौं । प्रतिनिधिसभाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेश गरेका थिए ।
मन्त्री गुरुङले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत स्वीकृत भएपछि सभामुख देवराज घिमिरेले दफावार छलफलको लागि कानून समितिमा पठाएका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते आइतबार १ बजे बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया