काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) लाई उद्योग वाणिज्य विभागको जिम्मेवारी दिएको छ । पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गर्दै किसानलाई उद्योग वाणिज्य विभागको जिम्मेवारी दिइएको हो ।
उद्योग व्यावसायिकसमेत रहेका श्रेष्ठ आफूलाई पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताउँछन् । ‘पार्टीले मलाई विश्वास गरेर उद्योग वाणिज्य विभागको जिम्मेवारी दिएको छ,’ उनले भने, ‘पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु ।’
बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित श्रेष्ठ नेपालमा उद्योग क्षेत्रको आधुनिकीकरण, बजारीकरण र व्यावसायिकरण कसरी गर्न सकिन्छ त्यसबारे आफूले गहन अध्ययन गरी सरकारलाई सुझाव दिनेसमेत बताए । ‘उद्योग क्षेत्रलाई बलियो नबनाइ मुलुक समृद्ध हुन सक्दैन,’ उनले भने, ‘त्यसका लागि सरकारी र निजी क्षेत्रको सहकार्यमा कसरी उद्योगधन्दाका स्थापना र भएका उद्योगको संरक्षण गर्न सकिन्छ भन्ने बारे हामी गहिरो अध्ययन गर्नेछौँ ।’
यसैगरी, श्रेष्ठलाई एकीकृत समाजवादीको बारा जिल्लासह–इन्चार्ज र बारा क्षेत्र नं ४ को इन्चार्जको जिम्मेवारीसमेत दिइएको हो ।
अन्तरपार्टी निर्देशिका जारी गर्दै अध्यक्ष माधवकुमार नेपालले २१ जना केन्द्रीय सदस्य समेत थप गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया