एकीकृत समाजवादीले झाँक्रीलाई दियो अमेरिका इन्चार्जको जिम्मेवारी

लोकपथ
322
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई प्रवास विशेष इन्चार्जको जिम्मेवारी दिइएको छ ।

आज अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी हेरफेर र बाँडफाँड गर्दै झाँक्रीलाई सो जिम्मेवारी दिइएको हो ।

अध्यक्ष नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशिकामा नेतृ झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप अमेरिका, ल्याटिन अमेरिका इन्चार्जको जिम्मेवारी तोकिएको हो ।

त्यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै अशोक थापालाई भारत प्रवास इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?