काठमाडौं । प्रतिनिधि सभा बैठकमा संविधानसभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उक्त शोक प्रस्ताव पारित भएको हो ।
सभामुख देवराज घिमिरेले नेपालको लोकतान्त्रिक आन्दोलनसहित संविधान निर्माणमा उनले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
शोक प्रस्ताव पारित भएसँगै भदौ २९ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । भदौ २९ गते शुक्रबार दिनको १ बजे बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया