काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवमा पूर्वमन्त्री हरिप्रसाद पराजुली मनोनित भएका छन् ।
गत भदौ ५ गतेदेखि ७ गतेसम्म बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो ।
आज एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशीका जारी गर्दै पार्टी स्थायी कमिटी सदस्य रहेका पराजुलीलाई सचिवमा मनोनित गरेको हो । पराजुली तत्कालिन नेकपाको विभाजनपछि बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानमा जोडिँदै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
त्यस्तै एकीकृत समाजवादीले आजै पार्टीमा २१ जना केन्द्रीय सदस्यसहित केन्द्रीय परिषद् सदस्यहरु समेत मनोनित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया