राप्रपाको राष्ट्रिय स्वाभिमान मेची–महाकाली अभियान, हिन्दु राष्ट्र माग गर्दै जनकपुर र सिराहामा

काठमाडौं । राष्ट्रि प्रजातान्त्रिक पार्टी (राप्रपा)ले आज (शनिवार) सिराहा र धनुषामा वृहत्त सभा गर्ने भएको छ । 

धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले गत बुधवारदेखि शुरु गरेको राष्ट्रिय स्वाभिमान मेची–महाकाली यात्रा अन्तर्गत आज प्रदेश २ को जिल्ला धनुषा र सिराहामा वृहत्त सभाको तयारी गरेको हो । 

ताप्लेजुङबाट शुरु भएको अभियानको चौथो दिन आज सिराहाका विभिन्न शक्ति पिठहरुमा धार्मिक अनुष्ठान गर्ने र दिउँसो २ बजेपछि धनुषाको जानकी मन्दिर परिषरमा सभाको आयोजना गरिएको राप्रपाको महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए । 

सभालाई पार्टी अध्यक्ष कमल थापालगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा पार्टीमा रहेका ३ फरक धर्मालम्बीहरु अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङदेन र नेता बुद्धिमान तामाङले हिन्दु राष्ट्र निर्माणका लागि पार्टीको शुरु गरेको अभियानबारे जानकारी गराउने छन् । 

राप्रपाको मेची महाकाली स्वाभिमान यात्रा फागुन ३० गते काठमाडौंमा सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?