पत्रकारमाथि आक्रमण गर्ने नवल किशोर यादव पक्राउ

लोकपथ
168
Shares

जनकपुरधाम । सिरहाको औरहीमा पत्रकार सन्तोष यादवमाथि सांघातिक आक्रमण गर्ने नवल किशोर यादव पक्राउ परेका छन् ।

चिया पिउने क्रममा पत्रकार यादवमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास भएको थियो । घटनापछि नवल किशोर यादव र उनका भतिजा प्रभु यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

नवल किशोर यादवले सामाजिक संजालमा पत्रकार यादवको चरित्रहत्या गर्नेगरी अपशब्दहरु लेखेका थिए । सो विषयमा विवादपछि हातहालाहालको स्थित सृजना भएको थियो ।

स्थानीयले घटना शान्त पारिसकेको अवस्थामा नवल किशोर यादवका भतिजा प्रभु यादवले पत्रकार यादवको गर्दनमा धारिलो हतियार प्रहार गरेको बुझिएको छ ।

हतियार प्रहारबाट सन्तोष यादवको गर्धनमा चोट लागेको छ । घटनापछि प्रहरीले नवल किशोर यादव र उनका भतिजालाई पक्राउ गरेपछि अवस्था सामान्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?