नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

लोकपथ
441
Shares

काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टिि बिहीबार गरिने भएको हो ।

नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ ।

नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?