काठमाडौं । संविधानसभा सदस्य एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेपाली कांग्रेसको वीपी साहित्य महोत्सवको आजको कार्यक्रम स्थगित भएको छ ।
आइतबारबाट शुरु भएको वीपी साहित्य महोत्सव आजबाट समापन हुँदैछ । तर नेम्बाङको निधनले आजको कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका नेता डिल्लि सुवेदीले जानकारी दिए ।
उनका अनुसार बाँकी कार्यक्रम अन्त्येष्टीपछि अर्को दिन हुनेछ ।
‘आजको कार्यक्रम स्थगित भएको छ । स्थगित कार्यक्रम अन्त्येष्टीपछि अर्को दिन गरिनेछ ।’ उनले भने ।
वीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा कांग्रेसले वीपी जयन्ती भाद्र २४ गतेबाट तीन दिन साहित्य महोत्सव गरेको थियो ।
संविधान सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको गएराति निधन भएको थियो । हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरिर एमालेको पार्टी कार्यालय च्यासलमा राखिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया