मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको आज संसदीय सुनुवाई हुँदै

काठमाडौं । मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको आज संसदीय सुनुवाई हुँदैछ । 

शुक्रवार बिहान ११ बजेपछि संघीय संसदको सुनुवाई समितिको बैठक बस्दैछ । दुवै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाईका लागि बैठक बोलाइएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो । यसअघि गत आइतवार र मंगलवार बोलाइएको सुनुवाई समितिको बैठकमा कोरम नपुगेपछि स्थगित भएको थियो । 

दुवै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई सकिएपछि आजै चार वटा संवैधानिक आयोगकाप्रस्तावित अध्यक्षको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय हुने समिति सचिवालयले जनाएको छ । 
गत माघ बसेको बैकठले ५ वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको थियो ।

यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्रस्तावित शान्तराज सुवेदीको संसदीय सुनुवाई भइसकेको छ ।

तर, मस्लिम आयोगका लागि प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध नागरिकता र शैक्षिक  प्रमाणपत्रलगायत विषयमा उजुरी परेकाले सुनुवाई हुन बाँकी छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?