को हुन् सुवासचन्द्र नेम्वाङ ?

लोकपथ
1.1k
Shares

काठमाडौं । २००९ साल फागुन २८ गते इलाम जिल्लाको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख हुन् ।

२०४८ र २०५२ मा उनले दुई पटक राष्ट्रिय सभाको सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए ।

२०५६ बाट निरन्तर निर्वाचित हुँदै आएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।

कानुनमा स्नातक गरेका उनी कानुन व्यवसायीका रूपमा परिचित थिए । लामो समय अध्यापनसमेत गराएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिवसमेत हुन् ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिमानिर्वाचित भएका थिए ।

राजनीतिमै सक्रिय रहँदा नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।

२०५६ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेम्वाङ गत मंसिरमा सम्पन्न निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

गत पुष १० मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।

उनै नेम्वाङको आज बिहान साढे १ बजे हृदयघातका कारण मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?