अमेरिकाको भ्रमण टोली घटाउन प्रधानमन्त्रीको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमणमा जाने टोलीको संख्या घटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रमण सदस्यको टोली घटाउन निर्देशन दिएका हुन् ।

यसअघिका भ्रमणमा जम्बो टोली लगेको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले भ्रमण टोलीको संख्या घटाउन लागेका हुन् ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्यालसहित नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि रहने बताइएको थियो ।

तर प्रधानमन्त्रीको निर्देशनपछि उक्त संख्या घट्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने तयारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?