१६ वर्षीया किशरीलाई बलात्कार गरेको आरोपमा ६७ वर्षीय तामाङ पक्राउ

लोकपथ
224
Shares

काठमाडौं । धनकुटामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?