टुकोनको राष्ट्रिय सम्मेलन सर्‍यो

लोकपथ
28
Shares

काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते दुई दिन काठमाडौंमा आयोजना गर्ने भएको छ ।

शनिबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोज ५ गते गर्ने भनिएको टुकोनमा आवद्ध श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन सारेर माघमा गर्ने निर्णय गरेको हो ।

नेपालीहरुको ठूला चाडपर्व नजिकिएसँगै त्यसलाई मध्येनजर गरेर सम्मेलन सारिएको टुकोनले जनाएको छ ।

६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु प्रतिनिधि सहभागी गराउने जनाएको छ  ।

महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड यूनियन महासंघ नेपालको सक्रिय सहभागिता रहने निर्णय समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?