पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय, तीन दिनसम्म शोक पुस्तिका राखिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

बुधवार दिउँसो हेलिकोप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शोकमा नेकपाले आज पार्टीको झण्डा आधा झुकाउने नेकपा सचिवालय बैठकले निर्णय भएको हो । 

बिहीवार बिहान बसेको नेकपा सचिवालय बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दसर्घटना निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने छ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।

यसैगरी बैठकले हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्थाहेरि सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?