पर्यटनमन्त्री अधिकारीका परिवारलाई भेटेर के भने अध्यक्ष प्रचण्डले ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । 

पूर्पप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले बिहीवार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर अधिकारीकी श्रीमती, बुबा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् । 

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यका अनुसार नेकपा अध्यक्ष प्रचण्डले मन्त्री अधिकारीका शोकाकुल परिवारलाई भेट्दै शोकलाई सहनुको विकल्प नभएको बताए । 

यसैगरी प्रचण्डले बिहीवार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

फोटो : फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?