काठमाडौं । कोशी प्रदेशका मूख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीन मन्त्री र एकजना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनीहरुले सपथ लिएका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख खापुङले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेका हुन् ।
मूख्यमन्त्री कार्कीले आफ्नो मन्त्रीमण्डलमा एमालेबाटै तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई र एकराज कार्कीलाई मन्त्रीमा नियुक्त गरेका छन् । भने, सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
कार्कीले मेन्याङ्बोलाई उजाए, राईलाई बन र कार्कीलाई भौतिक पूर्वाधार मन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया