अष्ट्रेलिया पठाईदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ

लोकपथ
273
Shares

काठमाडौं । अष्ट्रेलिया पठाईदिन्छु भन्दै  रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला मध्यपुर ठिमि नगरपालिका ४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ५० वर्षिय रत्न केशरी श्रेष्ठलाई २० लाख ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आशा माया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।

श्रेष्ठलाई  खोजतलास गर्ने क्रममा सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?