काठमाडौं । लिटमस केवल्सद्वारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार जेड एच ईकोवायर सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा लिट्मस केबल्सले एक भव्य समारोहबीच अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोवायर जेड एच ईकोवायर सार्वजनिक गरिएको हो ।
लिटमस इन्डस्ट्रिज लिमिटेडका निर्देशक रोहित गुप्ताले ह्यालोजनमुक्त ईकोवायर नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगाको रूपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त रहेको बताए ।
‘इकोवायर नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार हो । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने छौं । यसको कम धुवाँ र उत्सर्जन मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ। यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ ।’
नवीनतम प्रविधियुक्त जेड एच ईकोवायर ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुयाउने कम्पतनीको दाबी छ ।
लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केबल निर्माता, जसले वि.स. २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि रमेश कर्म अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आईरहेको लिट्मस इन्डस्ट्रिजले विस्तृत रूपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया