२४ वर्षीया महिलालाई बलात्कार र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गर्ने पक्राउ

लोकपथ
308
Shares

काठमाडौं । झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?