मानुषीले भेटिन् केपी ओली

लोकपथ
49
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

शुक्रबार बिहान नेतृ भट्टराईले ओलीसँग भेट गरेकी हुन् ।

ओली निवास बालकोटमा भएको भेटमा समसामयीक विषयमा कुराकानी भएको सामाजिक सञ्जालमा लेखेकी छिन् ।

गत निर्वाचनमा काठमाडौं क्षेत्र नं ७ बाट उम्मेवार बनेकी भट्टराई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी समेत हुन् ।

उनी ओली भेट्न पती जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?