निगमद्वारा साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु

लोकपथ
77
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ । यही भदौ २० गते बुधबार देखि काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुुरु गरेको निगमको भनाई छ ।

उडान तालिका अनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ जना यात्रु रहेका थिए भने फर्कदा एक सय १७ जनायात्रु रहेका थिए । काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

यात्रुहरुले निगमको कार्यालय वानिगमको वेवसाइट www.nepalairlines.com.np मा लग अन गरि अनलाईनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहजरुपमा यात्रा गर्न सक्ने छन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने विश्वास निगमले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?