मन्त्री भण्डारीलाई सांसद सुवालको प्रश्न- ‘नेपाली युवाले स्वदेशमा रोगजारी कहिले पाउने हो ?’

लोकपथ
77
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई सांसद प्रेम सुवालले, नेपाली युवाले स्वेदशमै रोगजारी कहिले पाउने भन्ने प्रश्न सोधेका छन् ।

आज संसदमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसंग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा सुवालले सोधेको प्रश्नको जवाफमा मन्त्री भण्डारीले, नेपाल सरकार हरेक युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कुरामा प्रतिबद्ध रहेको दाबी गरे ।

उनले विस्तारै अर्थतन्त्र उकालो लाग्ने बाटोमा रहेको अर्थमन्त्रीले समेत बताएको भन्दै अब विस्तारै स्वदेशमै रोजगार सिर्जना गर्ने बाटोमा सरकार लागेको दाबी गरे ।

उनले भने ‘प्रत्येक ७ सय ५३ पालिकामा रोजगार सेवा केन्द्रको स्थापना भएको छ । रोजगार सेवा केन्द्रलाई रोजगार सेवा हवको रुपमा चै यसलाई अगाडि बढाउने दृष्टिकोष चै सरकारले राखेको छ ।’

त्यस्तै, देशभरका बेरोजगारहरुको तत्थ्याङ्क राख्ने सफ्टवेयर निर्माणको काम भइरहेको र त्यसको आधारमा रोगजार उपलब्ध गराउने गरी काम भइहरेको बताए । बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?