अब कहिल्यै पोस्ट हुँदैन स्टाटस, न हुन्छ रिक्वेस्ट कन्फर्म

मृत्यु एक ध्रुवसत्य हो ।

हरेक प्राणी जन्मेपछि मर्छ तर, कहाँ, कसरी, कहिले भन्ने कुरा कसैले पूर्वानुमान गर्न सक्दैन ।

अहिलेसम्म परिवारसँग गफिदै ड्राइभ गरिरहेको व्यक्तिको दुर्घटनामा परी मृत्यु हुनसक्छ ।

एक पलमा साथीभाइसँग हाँस्दैनाँच्दै गरेको व्यक्ति अर्को पल यस संसारमा नरहन सक्छ ।

त्यसैले पनि भनिएको होला, ‘आफ्नो हरेक पललाई जीवनकै आखरी पल मानेर बाँच’ । 

यस्तै अप्रत्यासित घटना भएको छ ७५ साल फागुन १५ गते । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी, हेलिकप्टर चालक प्रभाकर केसी, यती एयरलाइन्सका सञ्चालक आङ क्षिरिङ शेर्पा सहित ७ जनाको मृत्युले सारा देशलाई शोकाकुल अवस्थामा पु-याएको छ। 

तेह्रथुमको चुहानडाँडास्थित थुम्की डाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनका काठमाडौँबाट बुधबार बिहान उडेका  मन्त्री अधिकारीले त्यहाँको एक कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए । उनका आमाबुबा भावविह्वल छन् ।  आमाबुबालाई काठमाडौँ ल्याईएको छ । 

मन्त्री अधिकारीको मृत्यु भएको खबर सार्वजनिक भएलगत्तै सर्वसाधारणहरुले आआफ्नो सामाजिक सञ्जालमार्फत् भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

उनको नाम ट्याग गरेरै सामाजिक सञ्जालमार्फत आत्माको शान्ति मागेका छन् । तर उनीहरुको अपिल कहिल्यै एसेप्ट हुनेछैन ।

अलविदा रविन्द्र अधिकारी  ! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?