काठमाडौं । विगत केही दिनयता नेपाली सेनाले सुकुमबासीहरुको विवरण संकलन गरेको भन्दै आलोचना बढेपछि सेनाले त्यसबारे प्रष्ट पारेको छ ।
हाल केन्द्र सरकारको अगुवाइमा काठमाडौं लगायत देशका विभिन्न स्थानहरुबाट सुकुमबासी बस्ती हटाउने क्रम सुरु भएको छ । यसै सन्दर्भमा नेपाली सेनाले समेत सुकुमबासीहरुको विवरण संकलन गर्न थालेको भन्दै प्रचार हुन थालेपछि सेनाले त्यसबारे प्रष्ट पारेको हो ।
नेपाली सेनाले बुधबार विज्ञप्ति नै जारी गरेर सेनाको स्थानीय युनिटहरुले विपद्जन्य घटनाबाट आम नागरिकलाई बचाउन पूर्वतयारी स्वरुप विवरण संकलन गरेको बताए ।
‘सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा नेपाली सेनाले सुकुमबासीहरुको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरु प्रकाशन र प्रशारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरुले आ–आफ्नो क्षेत्रमा हुन सक्ने विपद्जन्य घटनाहरुमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापनाका कार्यहरुलाई सहज बनाउने उदेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौँ,’ नेपाली सेनाले भनेको छ ।
त्यस्तै विगतका वर्षहरुमा जस्तै विपद् प्रतिकार्यका लागि आफूहरुले तयारी गरिरहेको सेनाले स्पष्ट पारेको हो ।
सेनाको स्थानीय युनिटहरुले विभिन्न स्थानबाट आम नागरिकको विवरण संकलन गरिरहेको भन्दै आलोचना भएपछि त्यसबारे सेनाले स्पष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया