काठमाडौं । संसद अधिवेशन स्थगित गरेर २ अध्यादेश सिफारिस गरेको सरकारले थप ३ अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गरेको थियो ।
त्यसको विरोध भइरहेका बेला मंगलबार सरकारले थप ३ अध्यादेश सिफारिस गरेको हो ।
सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि सिफारिस गरेको हो ।
सरकारबाट आएको ५ अध्यादेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल कानुनी परामर्शमा रहेका छन् । उक्त अध्यादेशबारे चौतर्फी विरोध भएपछि राष्ट्रपति पौडेलले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया