फ्रान्स र अमेरिकाद्वारा मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त, दिए यस्तो सन्देश

काठमाडौं । बुधवार दिउँदो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको निधन प्रति फ्रान्स र अमेरिकाले दुःख व्यक्त गरेका छन् । 

काठमाडौंस्थित फ्रान्सेली दुतावासले समाजिक सञ्जाल ट्वीटर गर्दै शोज जारी गर्दै दुःख व्यक्त गरेका हुन् । 

‘हेलिकप्टर दुर्घटनाले मन्त्री रविन्द्र अधिकारी र आङछिरिङ शेर्पासहितका अधिकारीहरुको निधनको खबरले स्तब्ध भएका छौँ,’ दुतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ’दुःखको यस घडीमा शोक सन्तप्त परिवार जसले आफ्ना प्रिय आफन्त गुमाएका छन् उनीहरुप्रति समवेदन ।’

यसैगरी अमेरिकी राजदूत रेण्डी वेरीलेसमेत हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधनमा दःख व्यक्त गरेका छन् । 

‘हेलिकप्टर दुर्घटनाको खबरले हामी दुखि भएका छौँ । दुर्घटनामा ज्यान गुमाउनेका परिवार प्रति हार्दिक समवेदन व्यक्त गर्दछौँ,’ राजदूत वेरीले ट्वीट गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा क्याप्टेन प्रभाकर केसी, मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख  ध्रुवदाश बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र प्रधानमन्त्री कार्यालयमै कार्यरत अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?