पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनामा कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा नेपाली काँग्रेसिले गहिरो दुःख व्यक्त गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले एक शोध व्यक्त गर्दै  विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य नेता भएको स्मरण गरेका छन् । 

देउवाले आकस्मिक घटनामा अधिकारीको निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उनको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

यस्तै यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि देउवाले उल्लेख गरेका छन । 

यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको पनि कांग्रेसले जनाएको छ । 

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने पनि विश्वास व्यक्र गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?