काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध आक्रमण गर्ने प्रयास भईरहेको जिकिर गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यो व्यवस्था विरुद्ध पुराना पार्टी खत्तम हो, खराब हो , केही पनि होईन भन्ने कृत्तिम भाष्य तयार गर्ने प्रयत्न बताएका हुन् ।
उनले भने ‘आज यो देशमा कृत्तिम रुपले कथाकथित रुपले एउटा भाष्य तयार गर्ने प्रयास भईरहेको छ । त्यो भनेको नेपाली जनता संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थासंग सहमत छैन ।’ उनले भने ‘यो व्यवस्था ल्याउनको लागि यो देशमा सबैभन्दा ठुलो क्रान्ति र राजनीतिक अभियान संचालन गर्ने सदनमा भएका कांग्रेस, एमाले र माओवादीलगायत गणतन्त्र पक्षधर पार्टीहरुलाई पुराना पार्टी खत्तम हो खराब हो केही पनि होईन भन्ने कृत्तिम भाष्य तयार गर्ने प्रयत्न भईरहेको छ ।’
उनले हिजो महेन्द्र यावदमाथि भएको खुकुरी प्रहारको विषयमा प्रतिनिधिसभामा गृहमन्त्रीले स्पष्ट पार्नु पर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया