काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको सुुनुुवाइ स्थगित भएको हो ।
दोषीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध २० जना प्रतिवादीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
आजका लागि उच्च अदालतमा न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर निवेदकका कानुन व्यवसायीहरुले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो ।
उक्त प्रकरणमा हालसम्म २० जनालाई प्रहरीले पक्राउ गरेको छ भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया