प्रधानमन्त्रीको चीन भ्रमणका कुनै एजेन्डा फाइनल भएको छैन : परराष्ट्रमन्त्री साउद

लोकपथ
42
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताएका छन् ।

‘अहिले नै कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन् ।’ परराष्ट्रमन्त्री साउदले भने । प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

भ्रमणका लागि सबै मन्त्रालयका सचिव, पूर्वपरराष्ट्र मन्त्री र राजदूतहरुलाई बोलाएर भ्रमणका एजेण्डाबारे आफूले र परराष्ट्र सचिवले छलफल तथा तयारी गरिरहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?