काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा।लि ले भाद्र २१ देखि भाद्र ३० गते सम्मका लागि आनन्दनगर स्थित आफुनो टोयोटा शोरुममा “टोयोटा विजय उत्सव” आयोजना गरेको छ ।
बडा दशैँ २०८० लाई लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स र विभिन्न उपहारहरु समेत पाइनेछ ।
यस टोयोटा विजय उत्सवमा हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ‘लकी ड्’ मार्फत उपहारहरु जित्न सक्नेछन । यस विजय उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति नबिल बैंक र एवेरेस्ट बैंक लिमिटेड संग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको छ ।
यस वर्ष ग्राहकले टोयोटाको उपस्थिति नाडामा देख्न हुने छैन। टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया