राष्ट्रियसभा बैठकः प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएका चारवटा प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएका चारवटा प्रस्ताव प्रस्तुत हुँदैछ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । 

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने संघीय संसदको सचिवालयले जनाएको छ  ।

त्यसैगरि “केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ भने “नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

बैठक १ बजेको लागि बोलाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?