काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं सांसद कमला पन्तले मन्त्री फेरिनासाथ निजामती सचिवहरू फेरिनु राजनीति र कर्मचारीतन्त्रबीच रहिआएको समस्या भएकाले यसलाई तत्काल समाधान गर्नुपर्ने बताएकी छिन् ।
नेपाल निजमति कर्मचारी, युनियनको स्थापना दिवस विशेष कार्यक्रममा उनले कर्मचारीको कामभन्दा खराब राजनीतिको कारणले निजामति कर्मचारी ऐन आउन नसकेको टिप्पणी गरिन् ।
नेत्री पन्तले मन्त्रालयमा सुशासन स्थापना गर्न स्थिर निजामती कर्मचारी आवश्यक हुने बताउँदै मन्त्री फेरिना साथ भकुन्डो जसरी गरिने सचिव सरुवालाई रोक्नुपर्ने धारणा राखिन् ।
उनले भनिन्, ‘मन्त्रालयमा सधैं चर्चा हुने सुशासन भएन भन्ने विषयमा, सुशासन किन भएन भन्दाखेरी मन्त्रालयमा सचिवहरू महिनैपिच्छे जति मन्त्री फेरिए उति भकुण्डो हुन्छन् । एउटा मन्त्रालयको कुरा एउटा सचिवले बुझिसकेको हुन्छ, अर्कोमा पठाइदिन्छन् । कुरा बुझ्नै समय लाग्छ । यो समस्या राजनीतिको हो कि निजामती हो ? यो फाइनल हुनुप¥यो ।’
मन्त्रालयमा सुशासन स्थापित गर्न सचिव तथा कर्मचारीले सहजरुपमा काम गर्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिइन् ।
‘स्थायी सरकार भनेको निजामती कर्मचारी हो, अनि निजामती कर्मचारी खराब हो त ? राजनीति खराब कि निजामती ? हामीले यसलाई अध्ययन गर्नुपर्छ भनेर बोलेको थिए मैले । हाम्रा होनहार सचिव हाम्रै पार्टीको मन्त्रीबाट सरुवा हुनुभयो ।,’ पन्तले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया