काठमाडौं । नेपाल चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनलाई समर्थन गरेको छ।
आज प्रेस विज्ञप्ति जारी गर्दै संघले गोदानको आन्दोलनलाई सहयोग गर्न सबै चिकित्सकलाई आग्रह गरेको हो ।
गोदानको देशैभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलन जारी रहेको छ ।
सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध उनीहरुले आन्दोलन गर्दै आएका हुन् । भोलि बुधवारदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा गर्ने उनीहरुक कार्यक्रम छ।
सरकारले तत्काल माग पूरा नगरे सामूहिक राजीनामा दिने उनीहरुको चेतावनी छ। त्यसाका लागि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया