काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विदेशी दातृ राष्ट्रले बनाईदिएको संरचनाको ख्याल राख्नुपर्ने बताएका छन् ।
सोमबार ललितपूरमा आयोजित नापीचन्द्र महाविहारको उद्धघाटन कार्यक्रममा मेयर महर्जनले बेलाबेला सभा गर्ने र यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको बताए ।
उनले भने ‘ विदेशी दातृ निकायहरुले बनाईदिएर हाम्रो हातमा परेपछि विग्रन सुरु गर्छ । तर यसलाई विगार्न हुन्न सम्हाल्नु पर्छ । यसलाई बेलाबेला सफा गर्नु पर्छ घाँस उमारेर राख्ने हैन् ।
मेयर महर्जनले विहारको व्यवस्थापन र यसको सुरक्षामा सबैले ध्यान दिनुपर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया