अन्तत: मेयर बालेनले फेसबुकबाट हटाए विवादास्पद अभिव्यक्ति

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेसबुकमा लेखेको स्टाटस हटाएका छन् । उनले दुई दिनअघि फेसबुकमा विवादास्पद अभिव्यक्ति दिएका थिए जसका कारण सामाजिक सञ्जालमा तरंग मच्चिएको थियो ।

आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको भन्दै बालेनले फेसबुकमा अभिव्यक्ति दिएका थिए ।

उनले फेसबुकमा अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?