काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको “प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्दैछन् ।
खगराज अधिकारीले “स्वास्थ्य बीमा ऐन अन्र्तगतका कार्यक्रमलाई देशव्यापी रुपमा लागू गर्दै गुणस्तरीय औषधी उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशहरुमा पूर्ण क्षमताका अस्पतालको Emergency, ICU लगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिकाहरु बनाई लागू गर्न आवश्यक भएको ।” भन्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जनाएको छ ।
उक्त प्रस्तावको अञ्जना विसंखे र मनकुमारी जि. सी.ले समर्थन गदैछन् ।
त्यसैगरि “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेका विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५” र “भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठक ११ बजे बाट शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया