राष्ट्रियसभाको बैठक आज बस्दै, जेष्ठ नागरिक सम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा “जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ सम्वन्धी समितिको प्रतिवेदन प्रस्तुत हुँदैछ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ्गले सो प्रतिवेदन सभामा प्रस्तुत गर्न लागेका हुन् ।

त्यसैगरि  कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जनाएको छ । 

अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “लेखा परीक्षण विधेयक २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

साथै,  मन्त्री खतिवडा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित निवृत्तभरण कोष विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्” भन्ने र “निवृत्तभरण कोष विधेयक, २०७५ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

बठैक आज १ बजे बस्दै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?