काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो सांसदहरुलाई संसदीय सुनुवाई समितिको बैठकमा उपस्थिति हुन आग्रह गरेका छन् ।
मंगलवार बस्ने सुनुवाई समितिको बैठकमा नेकपाले आफ्नो सांसदहरुलाई अनिवार्य उपस्थित हुन ‘ह्वीप’लगाएको हो ।
आइतवार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपाले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘ह्वीप’लगाएको हो ।
मंगलवार बस्ने बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै पटक–पटक बैठक बहिस्कार गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया