काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विशेष आर्थिक क्षेत्र (सेज) विकास समितिमा विज्ञ राख्न माग गरेको छ ।
सोमवार बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा कांग्रेसले सो माग राखेका हुन् ।
बैठकमा ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विशेष आर्थिक क्षेत्र (सेज) विकास समितिमा विज्ञलाई राख्न सरकारसँग माग गरेका हुन् ।
यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै सांसद राजभण्डारीले आर्थिक क्षेत्रमा विज्ञहरुलाई पनि समावेश गर्ने प्रावधान थप्नु पर्ने बताएका ।
उनले सो समितिमा मजदुर संघ, संगठनको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तर्फ समेत सरकारलाई सचेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया