पद खोज्दै हिडेको छैन भन्दै पूर्वगृहमन्त्रीले पत्रकारलाई दिए कडा जवाफ

काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संघीयता कार्यान्यनको एजेण्डा बाहेक अन्य पदमा रहने आफ्नो कुनै योजना नरहेको बताएका छन् । 

केही सञ्चारमाध्यमले आफ्नो समाचार विकाउन मेहनत गरेको बताउँदै नेता शर्माले भने, ‘मेरो नाम प्रयोग गरि समाचार बिकाउन मेहनत गर्नेहरुसँग सिधैं सम्पर्क गर्न अनुरोध गर्दछु ।’

पूर्वगृहमन्त्री समेत रहेका शर्माले सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै भनेका छन्, ‘संघीयता कार्यान्यनको एजेण्डा प्रती सचेतता पूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिडेको र योजना नबनाएको स्पष्ट गर्दछु ।’

साथै उनले, ‘चासो चिन्ता भएका व्यक्तिहरुले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने निकाय वा मेरो प्रयोग गरि समाचार बिकाउन मेहनत गर्नेहरुसँग सिधैं सम्पर्क गर्न अनुरोध गर्दछु ।’ 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?