नयाँ शक्ति पार्टीका प्रदेश सांसद तामाङ आज कांग्रेसमा प्रवेश गर्दै

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका प्रदेशसभा सदस्य प्रेम तामाङ आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । 

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका रसुवा (ख)बाट प्रत्यक्षबाट निर्वाचित प्रदेशसभा सदस्य तामाङ कांग्रेसमा प्रवेश गर्न लागेका हुन् । 

सोमवार दिउँसो कालिकास्थानमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले तामाङलाई पार्टी प्रवेश तथा स्वागत गर्ने छन् । 

कांग्रेस रसुवाका सांसद मोहन आचार्यका अनुसार तामाङसँगै आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ र नयाँ शक्तिका अन्य सथानीय कार्यकर्तापनि कांग्रेसमा प्रवेश गर्न लागेको बताए । 

गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रसुवामा कांग्रेस र नयाँ शक्तिले तालमेल गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?