आजबाट कार्यान्वयनमा आयो एमसीसी

लोकपथ
0
Shares

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) आजबाट कार्यान्वयनमा आएको छ ।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसी कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डसहित सरोकारवालाहरुको उपस्थितिमा एमसीसी कार्यान्वयन चरणमा गएको हो ।

सो क्रममा अर्थमन्त्री महत र अल्फोडले कार्यान्वयन चरणमा प्रवेश गरेको पत्र आदानप्रदान गरेका थिए । त्यो सँगै ५ वर्ष समय भएको उक्त परियोजना कार्यान्वयनमा आएको हो ।

सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?