काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदाको समितिले सरकार पूर्ण रुपमा सफल हुने बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
केन्द्रमा समिति गठन गर्दा राप्रपासँग भएको सहमतिले कोशी प्रदेश सरकार गठनमा समेत सहजता थपिने संकेत गरे ।
‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढङ्गले नै अगाडी बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया